प्रधानमन्त्रीको चीन भ्रमण’bout निर्णय गर्न मन्त्रिपरिषद् बैठक साँझ ५ बजे
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले आज साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा ओलीको चीन भ्रमण स्वीकृत गर्ने कार्यसूची छ । यस्तै ओली भ्रमणको एजेण्डा’bout समेत छलफल हुने बताइएको छ । ओली आगामी १७ देखि २० मंसिरसम्म ४० सदस्यीय जम्बो टोलीसहित चीन भ्रमणमा जाँदैछन् ।
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज (विहीबार) चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहने उनको सचिवालयले जानकारी दिएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।
राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दैछन् ।
The post प्रधानमन्त्रीको चीन भ्रमण’bout निर्णय गर्न मन्त्रिपरिषद् बैठक साँझ ५ बजे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104605/