प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्वीच टाउन खेल्दै
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज शीर्ष स्थानको लिभरपुल र पुछारको साउथह्याम्पटनबीच नेपाली समयअनुसार राति पौने आठ बजे खेल हुनेछ । अङ्कतालिकामा लिभरपुल ११ खेलमा २८ अङ्कका साथ शीर्ष र साउथह्याम्पटन समान खेलमा चार अङ्कका साथ पुछारमा छ । त्यस्तै आजको अर्को खेल राति सवा १० बजे म्यानचेस्टर युनाईटेड र इपस्वीच टाउनबीच हुनेछ । युनाइटेड ११ खेलमा १५ अङ्कसहित बाह्रौं स्थानमा र इपस्वीच टाउन समान ११ खेलमा आठ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । गएराति भएको खेलमा साविक विजेता म्यानचेस्टर स...
Source : https://ujyaaloonline.com/story/109194/2024/11/24/premier-league-liverpool-southampton-ipswich-town