बक्सिङमा स्वस्तिका फाइनलमा

काठमाडौँ । आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवा आज फाइनलमा प्रवेश गरेकी छन् । बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकी फरेरालाई ५–० ले पराजित गरिन् ।

Source : https://www.ratopati.com/story/454903/swastika-reaches-boxing-final