बङ्गलादेशसँगको पहिलो टेस्ट दक्षिण अफ्रिकाले ७ विकेटले जित्यो

काठमाण्डाै – बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले ७ विकेटले जितेको छ । बङ्गलादेशले दिएको १ सय ६ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिनको खाना समयअघि ३ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका टोनी दी जोर्जीले ४१ रन बनाए । बङ्गलादेशका तैजुल इस्लामले ३ विकेट लिए । बङ्गलादेशले दोस्रो पारीमा मेहदी हसन मिराज र जेकर अलीको अर्धशतकको मद्दतमा ३ सय ७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ६ विकेट लिए । यसअघि मिरपुरमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली बङ्गलादेश १ सय ६ रनमा अलआउट भएको थियो ।...

Source : https://ujyaaloonline.com/story/108121/2024/10/24/south-africa-won-by-7-wickets-against-bangladesh