बर्गर तथा पिज्जामा 'लेबल' नलगाई बेच्ने, सरसफाइमा ध्यान नदिने डेरीलाई ५० हजार जरीमाना

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर–१५ हात्तीवनमा रहेको नेपाल डेरी प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ । नेपाल डेरी प्रालिले बर्गर तथा पिज्जामा 'लेबल' नलगाई बिक्री/वितरण गरेको र सरसफाइमा पनि ध्यान नदिएको पाइएकाले ५० हजार रुपैयाँ कारबाही स्वरूप जरीमाना गरेको विभागले जनाएको छ । विभागले अनुगमन गर्दा कैफियत पाइएकाले कारबाही गरेको जनाएको छ । यसैगरी काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ मा रहेको कालु स्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, ...

Source : https://ujyaaloonline.com/story/108079/2024/10/23/fine-for-dairy-for-not-cleanliness