बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसामा झरेको छ । बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा कारोबार हुँदा मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा पुगेको थियो ।

बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसा रहेको छ । बुधबार पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसामा कारोबार भएकोमा मंगलबार पाउण्डको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको विदेशी मुद्राको विनिमय दर:

Source : https://arthasarokar.com/2024/05/exchange-rate-237.html



Related Posts