बीपी राजमार्गको धुलिखेल–बर्खेखोला खण्ड राति सात घण्टा बन्द

काठमाण्डौ – बीपी राजमार्गमा हरेक दिन राति नौ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुन थालेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्गको प्रस्थानविन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेकोले हिजोदेखि राति सात घण्टा सडक बन्द गरिएको हो । राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडक खण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ । अर्को सूचना नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राति गाडी नचलाउन कार्यालयल...

Source : https://ujyaaloonline.com/story/109067/2024/11/21/dhulikhel-barkhekhola-section-of-bp-highway-closed