ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध अभियोग दर्ता

ब्राजिलको सङ्घीय प्रहरीले पूर्वराष्ट्रपति जायर बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध अभियोग दर्ता गराएको छ । सत्ता कू गर्ने प्रयास, आपराधिक सङ्गठनमा सहभागिता र अन्य अपराधका लागि पूर्वराष्ट्रपति बोल्सोनारो र उनको समूहका व्यक्तिहरूविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गराएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २०२२ मा भएको चुनावमा लुला डा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । चुनावमा हारेपछि बोल्सोनारोको आह्वानमा ब्राजिलभर हिंसात्मक प्रदर्शन भएका थिए । सङ्घीय प्रहरीका अनुसार प्रति...

Source : https://ujyaaloonline.com/story/109223/2024/11/24/brazil-police-indict-ex-president-bolsonaro