भाइटीकाकाे शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाण्डाै – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार भाेलिदेखि शुरू हुँदैछ । भाेलि धनत्रयोदशी (धनतेरस) पर्व ...

Source : https://ujyaaloonline.com/story/108275/2024/10/28/bhaitika-auspicious-time-at-11-37-am