महानगरले एमालेलाई गर्यो १ लाख जरिवाना
काठमाडौं – काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो ।
महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।
यो कारबाहीको पत्रमा महानगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षर रहेको छ, जसअनुसार एमालेले जरिवाना रकम महानगरपालिकालाई बुझाउनुपर्नेछ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
The post महानगरले एमालेलाई गर्यो १ लाख जरिवाना appeared first on Samudrapari.