महिला टी–२० विश्वकप: वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै

महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । यो खेल वेस्ट इन्डिज र न्युजिल्याण्डबीच शारजाह क्रिकेट स्टेडियममा आज राति ७; ४५ बजेदेखि हुनेछ ।

यो दोस्रो सेमिफाइनलको विजेता टोलीले अक्टोबर २० मा दुबईमा हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

यस प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ । यदि दक्षिण अफ्रिकी टोलीले अक्टोबर २० मा हुने फाइनल खेल जित्यो भने त्यो देशको पहिलो आईसीसी उपाधि हुनेछ।

अष्ट्रेलियाली टोलीले आईसीसी महिला टी-२० विश्वकप ट्रफी सर्वाधिक ६ पटक जितेको थियो । अस्ट्रेलिया २००९ पछि पहिलो पटक महिला टी-२० विश्वकपको फाइनल पुग्न सकेन ।

यस अघि वेस्ट इन्डिजले समुह चरणको अन्तिम खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्डले पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

यस अघि आठ विश्वकपमा अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक महिला टी–२० विश्वकपको उपाधि जितेका छन् ।

The post महिला टी–२० विश्वकप: वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102376/