माल्दिभ्सलाई १३ गोलले हराउँदै भुटान सेमिफाइनलमा

काठमाण्डाै – माल्दिभ्सलाई हराउँदै भुटान साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह 'बी' को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । भुटानकी देकी ल्हजोमले ५ गोल गरिन् । यस्तै पेमा छोदेन शेरिङ र शेरिङ याङ्देनले समान २ तथा नम्गेल देमा, सोनम छोदेन, शेरिङ ल्हादेन र देकी याङ्देनले समान १ गोल गरे । यो जीतसँगै भुटान ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ३ वटै खेल हार्दै पुछारमा छ । साफ महिला च्याम्पियनशिपमा आजै यही स...

Source : https://ujyaaloonline.com/story/108130/2024/10/24/bhutan-enters-the-semi-finals