रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अपराह्न १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक गतिविधि र आगामी कार्यदिशाका बारेमा छलफल हुने छ ।

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि बस्न लागेको बैठकले आगामी आन्दोलनका कार्यक्रम बारे निर्णय लिने बुझिएको छ ।

यस अघि पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले लामिछानेलाई थप ७ दिनको म्याद थप भएसँगै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताएको थियो । तर शुक्रबारको प्रदर्शनमा तुलानात्मक रुपमा कम संख्यामा उपस्थिति भएपछि नयाँ रणनीति बनाउने बुझिएको छ ।

Source : https://newsofnepal.com/2024/10/26/675303/