रियल म्याड्रिड  च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

काठमाण्डौ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो २–१ र समग्रमा ४–३ को जित निकाल्दै रियल म्याड्रिड  फाइनलमा पुगेको हो । शुरुमा एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिमतिर मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल फाइनल प्रवेश गरेको हो । उनले खेलको ८८ औँ मिनेटमा र इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । बायर्न म्युनिखका अल्फोन्सो डेविसले खेलको ६८ औँ मिनेटमा गोल गरेर अग्रता बनाएका ...

Source : https://ujyaaloonline.com/story/101579/2024/5/9/real-madrid-enter-the-champions-league-final