रुसले युक्रेनमा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्याे
रुसले युक्रेनमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुस–युक्रेन युद्धमा पहिलो पटक हजारौं किलोमिटर परसम्म प्रहार गर्नसक्ने शक्तिशाली क्षेप्यास्त्रको प्रयोग भएको युक्रेनको वायु सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनले पहिलो पटक रुसको भित्री भागमा अमेरिका र बेलायतले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेपछि रुसले आज अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको खबरमा उल्लेख छ । युक्रेनी वायु सेनाले रुसले विभिन्न प्रकारका क्षेप्यास्त्रहरूसहित डिनिप्रोलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । रुस...
Source : https://ujyaaloonline.com/story/109098/2024/11/21/russia-fires-first-icbm-at-ukraine