विश्वको सबैभन्दा ठूलो गोही मर्यो
विश्वको सबैभन्दा ठूलो भनिएको गोही मरेको छ । सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको गोही एक सय १० वर्षको उमेरमा मरेको गोही संरक्षण संस्था मरिनल्यान्ड मेलानेसियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्यासियस नामको यो गोही नुन पानीमा बस्ने प्राणी हो । संसारको सबैभन्दा ठूलो गोही भनेर सन् २०११ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको यो गोहीको रेकर्ड अहिलेसम्म अरुले तोडेका छैनन् । यो झण्डै पाँच मिटर लामो र एक टन तौल थियो । यो गोही गाईवस्तु र पर्यटकहरूको गाडीको पाङ्ग्रामा आक्रमणका लागि पनि प्रसिद्ध थियो । ...
Source : https://ujyaaloonline.com/story/108441/2024/11/3/the-world-largest-crocodile-has-died-