शेयर बजार १८ अङ्कले घट्याे, काराेबार रकममा पनि कमी

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । हिजो २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २५ अङ्कले घटेर दुई हजार ६ सय २७ दशमलव १४ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल एसबीआई बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको क...

Source : https://ujyaaloonline.com/story/108129/2024/10/24/share-market-declined-by-18-points