शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक भेटियो

काठमाण्डौ – शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक भेटिएको छ । निकुञ्ज क्षेत्रमा गरिएको पछिल्लो अध्ययनका क्रममा भाले जङ्गली याक भेटिएको हो । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले जङ्गली याकको तस्वीर शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रबाट लिनुभएको हो । चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइमा जङ्गली याक गएको जुलाई २३ देखि २६ तारिखसम्...

Source : https://ujyaaloonline.com/story/108184/2024/10/26/a-rare-wild-yak-was-found-in-she-foksundo-national