समुद्री आँधी 'दाना' आज भारतको पश्चिम बङ्गाल र ओडिशाको तटमा पुग्ने, रेल सेवा र विद्यालय बन्द

समुद्री आँधी 'दाना' आज भारतको पश्चिम बङ्गाल र ओडिशाको तटमा पुग्ने भन्दै सरकारले चेतावनी जारी गरेको छ । पश्चिम बङ्गाल र ओडिशाका सरकारले चक्रवाती आँधीबाट बच्नका लागि तयारी पूरा भएको बताएका छन् । आँधीका कारण वन्दे भारत र राजधानी एक्सप्रेससहित दुई सय वटाभन्दा धेरै रेल बन्द भएका छन् । पश्चिम बङ्गाल र ओडिशा सरकारले सावधानीका रूपमा तटीय क्षेत्रबाट झन्डै तीन लाख जना मानिसलाई सुरक्षित ठाउँमा सारेका छन् । दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय पर्सि शनिवारसम्म बन्द भएका छन् । डाक्टरहरूसहित सबै सरकारी कर्मचारीको बिदा रद्द ग...

Source : https://ujyaaloonline.com/story/108122/2024/10/24/cyclone-dana-will-make-landfall-in-wb-and-odisha