साउदी अरबमा कांस्य युगको पुरातात्विक शहर फेला

साउदी अरबको उत्तर–पश्चिममा रहेको खैबर ओएसिसमा का‌ंस्य युगको एक शहर पत्ता लागेको रोयल कमिशन फर अलउला (आरसीयू) ले घोषणा गरेको छ । प्लस वनमा प्रकाशित विवरणअनुसार पुरातत्वविद्हरूले लामो अध्ययनपछि कांस्य युगको शहर पत्ता लगाएको उल्लेख छ । आरसीयूले पत्रकार सम्मेलन गरी पुरातत्व क्षेत्रमा र यसको सांस्कृतिक समृद्धिमा भएको खोजबारेमा जानकारी गराएको समाचारसंस्था एएनआईले जनाएको छ । फ्रेन्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका अनुसन्धाता डा.गुइलौम चार्लोक्स र आरसीयूका पुरातात्विक सर्वेक्षण प्रबन्धक डा.मुनिराह अल–मुशाव...

Source : https://ujyaaloonline.com/story/108445/2024/11/3/bronze-age-archaeological-city-discovered-in-saudi