सार्वभौम साख मूल्याङ्कनमा नेपालको सन्तोषजनक नतिजा, दक्षिण एशियामा भारतपछि राम्रो

काठमाण्डौ – सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले सन्तोषजनक नतिजा पाएको छ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ ले नेपाललाई ‘बीबी माइनस’ रेटिङ ग्रेड प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल तर दक्षिण एशियाका अरु देशहरुभन्दा राम्रो हो । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ ले नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने सङ्केत देखिएकाले आर्थिक वृद्धिदरमा सकारात्मक वृद्धि हुने अनुमानका आधारमा रेटिङ प्रदान गर...

Source : https://ujyaaloonline.com/story/109110/2024/11/22/nepal-sovereign-credit-rating-satisfactory