सुनापती गाउँपालिकाले घर भत्किएकालाई जस्तापाता र चौपाय मरेका किसानलाई रकम दिने

रामेछाप – सुनापती गाउँपालिकाले वर्षाजन्य विपदका कारण घर भत्किएकाहरुलाई जस्तापाता र चौपाय मरेका किसानलाई रकम दिने भएको छ । पालिकाका अध्यक्ष ठूलाकान्छा तामाङको अध्यक्षतामा बसेको बैठकले पीडितहरुलाई राहात दिने निर्णय गरेको हो । बैठकले घर भत्किएका पिडितलाई दुई बण्डल जस्ता र पशु चौपाय मरेको भएमा एउटा भैँसी बराबर २० हजार, गोरु र गाई मरेकामा प्रतिगोटा १२ हजार, प्रतिबाख्रा आठ हजार, बाख्राको पाठापाठी मरेकाकोमा दुई हजार रुपैयाँका दरले नगद रकमप्रदान गर्ने निर्णय गरेको उपाध्यक्ष गिता विष्टले बताउनुभयो ।   

Source : https://ujyaaloonline.com/story/108097/2024/10/23/sunapati-will-give-funds-houses-destroyed