स्पेनमा ५० वर्षयताकै खराब बाढी : ९५ जनाको ज्यान गयो, कयौँ वेपत्ता
स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढी आएको छ । बाढीमा परेर ९५ जनाको ज्यान गएको छ भने कयौँजना वेपत्ता भएका छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । वेपत्ताहरुको सङ्ख्या एकिन छैन, ज्यान जानेको सङ्ख्या निकै धेरै हुन सक्ने बीबीसीले जनाएको छ । अहिले बाढीले ज्यान गुमाउनेको सङ्ख्या सन् १९७३ पछि देशको सबैभन्दा धेरै हो । त्यतिबेला दक्षिण–पूर्वमा आएको बाढीमा कम्तीमा एक सय ५० जनाको ज्यान गएको ...
Source : https://ujyaaloonline.com/story/108344/2024/10/31/spain--worst-floods-in-50-years