ह्यारिस भन्नुुहुन्छ : ट्रम्पले अमेरिकी नागरिकलाई विभाजित गर्न खोजिरहेका छन

अमेरिकी राष्ट्रपति पदका डेमोक्रयाट्स उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई बिभाजित गर्न खोजिरहेको बताउनु भएको छ ।

वासिङटन डी सी मा झण्डै ७५ हजार जना उपस्थित चुनावी कार्यक्रममा ह्यारिसले अमेरिकी जनतालाई विभाजित गर्ने र एकअर्का संग डराउने अबस्था सृजना गर्नका लागि ट्रम्प लागि रहेको आरोप लगाउनु भयो ।

तर हामी त्यस्तो अमेरिका होइन सबै अमेरिकन जोडिएको र मिलेर बसेको बनाउने उदेश्यमा छौ उहाँले भन्नुभयो । ट्रम्पले डेमोक्रयास्हरुलाई निर्दयी र भित्री शत्रु भन्दै आलोचना गर्नुभएको थियो । ट्रम्पले भित्रि सत्रु र निर्दयीको नेतृत्व गर्ने ह्यारिसलाई चुनावमा परास्त गर्नुपर्ने समेत बताउनु भएको थियो ।

ह्यारिसको यो कार्यक्रम चुनावी दिनको एक हप्ता अघि एलिप्समा आयोजना भएको थियो । जबकि ट्रम्पले आइतवार म्याडिसन स्क्वायर गार्डेनमा आफ्नो अन्तिम तर्कहरू दिनुभएको थियो ।

ह्यारिसले मंगलबार आफ्ना समर्थकहरूसँग भन्नुभयो डोनाल्ड ट्रम्पले आफ्नो विचारसँग असहमत अमेरिकी नागरिकहरूमाथि सेनाको प्रयोग गर्ने योजना बनाइरहेका छन् ।

तर म डोनाल्ड ट्रम्पजस्तो होइन, आफ्नो विचारसँग असहमत मानिसलाई शत्रु ठान्दिनँ । उनी तिनीहरूलाई जेल हाल्न चाहन्छन्, तर म तिनीहरूलाई मेरो टेबलमा स्थान दिन्छु ट्रम्प र ह्यारिसबिचको भिन्नता यहि हो उहाँले त्यस अबसरमा भन्नुभयो ।

Source : https://www.khasokhas.com/211159