१५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन पनि बुधबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो । जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो ।

 

Source : https://onlinetvnepal.com/2024/11/186576/