७२ चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी परिचय पत्र
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ३० वर्ष वा सो भन्दाबढी समय योगदान दिएका ७२ जना चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचय पत्र’ प्रदान गरिएको छ । चलचित्रकर्मीको सम्मानका लागि चलचित्र विकाश बोर्डले बुधबार बोर्डमा आयोजिक समारोहमा उनीहरुलाई परिचय पत्र प्रदान गरेको हो ।
सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल तथा चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले यी चलचित्रकर्मीहरुलाई विशिष्ट चलचित्रकर्मी परिचय पत्र प्रदान गरेका छन् । यो परिचय पत्र प्राप्त गर्ने चलचित्रकर्मीलाई अब राज्यले विशिष्ट चलचित्रकर्मीको रुपमा सम्बोधन गर्नेछ ।
यसरी विशिष्ट चलचित्रकर्मी परिचय पत्र प्राप्तगर्ने चलचित्रकर्मीहरुमा अभिनेता अभिनेत्री गौरी मल्ल, सरोज खनाल, विशाल बिष्ट, नवल खड्का, मुकुन्द थापा, रचना सिंह, माओत्से गुरुङ, पूरण जोशी, हिउँवाला गौतम रहेका छन् । यस्तै कलाकारहरु तैयव शाह, कृष्णप्रसाद पोखरेल, राजकुमार शाह, पुकार भट्टराई, कृष्णप्रसाद ढुंगाना, रमेश रञ्जन झा, शालिकराम कार्की, रामशरण जंगम, रवि डंगोल, शंकर प्रसाद आचार्य, केदारनाथ दवाडी, बलदीप राई, रामेश्वरजंग केसी, दिव्येश्वर गौतम, राकेश कुमार खड्का, आनन्द ढुंगाना, सनम कुमार श्रेष्ठले पनि चलचित्रकर्मी परिचयपत्र प्राप्न गरे ।
यस्तै सो समारोहमा निर्देशकहरु ज्ञानेन्द्र देउजा, केदार प्रसाद (केपी) पाठक, शोभित बस्नेत, उदय कुमार इनाम (उदय सुब्बा), विजयरत्न तुलाधर, विमल पौडेल, मदन घिमिरे, सुनिल प्रसाद पाण्डे, रमेश कोइराला, निर्जल कुमार श्रेष्ठ, केशवबहादुर रायमाझी, परशुराम चौधरी, रविराज अर्याल, सन्तोष बाबु लोहनी, राजु केसी, देवकुमार श्रेष्ठ, राजेन्द्र कुमार उप्रेती, उदयसिंह बोहराले पनि परिचयपत्र प्राप्त गरे ।
यस्तै कार्यक्रममा प्राविधिकहरु कुमार महर्जन, रोशन श्रेष्ठ, सन्ते तामाङ (सान्तु), राजु विक्रम थापा, राजु शाह, रत्न ढकाल, कमलप्रसाद मिश्र, गोविन्द नेपाली (प्रभात), नगेन्द्र घिमिरे, पुष्पकुमार श्रेष्ठ, दिनेश लामा, महेन्द्र तामाङ (लामा), सानुमान तामाङ (प्रदीप), पूर्णबहादुर तामाङ, अशोक रोक्का, माधव थापा, मेघराज पौडेल, बोजबहादुर पौडेल (बोधराज), विश्वराम केसी, दिव्यराज सुवेदी, नानी काजी डंगोल, लालुराम सापकोटा, हरिप्रसाद पौडेललाई पनि परिचयपत्र प्रदान गरियो ।
गीत संगीत क्षेत्रबाट अग्रज गीतकार राजेन्द्र थापा, प्रमोद कुमार ढुंगाना, संगीतकार चेतन सापकोटा, चलचित्र घर सञ्चालक मधुसूदन प्रधान, कपिल प्रसाद द्धवालाई पनि विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्रदान गरियो ।
सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै राज्यबाट यसरी चलचित्रकर्मीहरुलाई परिचयपत्र प्रदान गर्न पाउँदा थोरै भएपनि चलचित्रकर्मीहरुको सम्मान भएको बताए । यो सम्मानसँगै स्वास्थ्य विमा र अन्य सुविधा पनि राज्यले दिएको उनले अबगत गराए । आफुले स्कुले जीवनदेखि नाम सुन्दै र चलचित्रको पर्दामा हेर्दै आएका अग्रजदेखि तीन दशक यता निरन्तर योगदान दिएका समकालिन चलचित्रकर्मीलाई यसरी सम्मान गर्न पाउँदा खुसी लागेको पनि मन्त्री गुरुङले बताए ।
सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली चलचित्रमा चलचित्रकर्मीको योगदान धेरै नै रहेको जिकिर गरिन् । तथापि अहिले परिचयबाट सुरु भएको यो योगदानलाई सरकारले आउँदा दिनमा अझ विशिष्ट रुपमा सम्मान गर्ने उनको कथन थियो ।
चलचित्र विकाश बोर्डको अध्यक्ष दिनेश डिसीले यो परिचय पत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विशिष्ट नेपाली चलचित्रकर्मीको रुपमा परिचय स्थापित हुने बताए । यो परिचत्र पत्र प्राप्त चलचित्रकर्मीले एक लाख रुपैयाँको स्वास्थ्य विमा सुविधा पनि प्राप्त गर्ने उनले जानकारी गराए । ३० वर्षभन्दा बढी नेपाली चलचित्र उधोगमा योगदान दिएका सबै चलचित्रकर्मीहरुलाई समानरुपमा आफुहरुले एउटा सम्मान स्वरुप यो परिचयपत्र प्रदान गरेको पनि उनले स्पष्ट पारे,‘राज्यले नागरिकता र राष्ट्रिय परिचयपत्रपछि चलचित्रकर्मीलाई दिएको यो अर्को राष्ट्रिय स्तरको परिचय पत्र हो ।’ अध्यक्ष डिसीले कार्यक्रममा भने ।
विशिष्ट चलचित्रकर्मी परिचय पत्र ग्रहण गरेपछि अभिनेता सरोज खनालले राजधानीसँग भने,‘म लामो समय विदेश बसेर फेरी स्वदेशमा आई चलचित्र अभिनयलाई निरन्तता दिएको छु । यो क्रममा राज्यले यसरी आज विशिष्ट चलचित्रकर्मीको परिचयबाट सम्मान गर्दा निकै खुसी लागेको छ ।’ यसले कामगर्ने हौसला अझ बढेको पनि उनले बताए ।
चलचित्र निर्देशक शोभित बस्नेतले यसरी आफुहरुलाई राज्यले चलचित्रकर्मीको रुपमा पहिचान गरेर परिचयपत्र प्रदान गर्दा यो क्षेत्रमा लागेको योगदानको बल्ल मूल्याँकन भए जस्तो लागेको बताए । अभिनेत्री गौरी मल्लले पनि यो परिचयपत्रप्रति धन्यबाद ज्ञापन गर्दै यसरी अग्रज चलचित्रकर्मीलाई परिचय पत्र प्रदान गरेर राज्यले उनीहरुको सम्मान गर्नु प्रसँसनीय कार्य भएको राजधानीलाई बताईन् । अर्का अभिनेता विशाल बिष्टले बिगतमा कलाकारहरुलाई मात्र प्रदान गर्ने भनेर चर्चा चलेको यो चलचित्रकर्मी परिचयपत्र समग्र चलचित्रकर्मीले पाउँदा यो क्षेत्रकै सम्मान भएको बताए ।
The post ७२ चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी परिचय पत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104152/