“गड इज उमन” काे दाेस्राे संस्करण हुने

काठमाडाैं ।

“गड इज उमन” काे पहिलो संस्करणकाे सफलता पश्चात्, स्विस दूतावासकाे सहयोग र स्काथी इन्टरटेनमेन्टकाे आयोजनामा यहीँ कार्तिक १० गते ललितपुर बुङ्गमतिमा अवस्थित ” द ओन्डरल्याण्डमा” “गड इज उमन”काे दाेस्राे संस्करण हुने भएको छ ।

कार्यक्रममा नेपाल , बेलायत स्विट्जरल्याण्ड , बेल्जियम , हंङ्कङ्गका महिला हिपहप कलाकारले र्याप प्रस्तुत गर्ने छन् ।

र्याप सँगसँगै विटवक्स , विगल्स,नृत्य लगायतका विभिन्न कलात्मक कार्यक्रममा पनि हुने आयाेजक स्काथी इन्टरटेनमेन्टका प्रमुख सुवास राजाेउपाध्यायले बताए ।

” गड इज उमन” संगीत र मनाेरञ्जनमा सिमित नभइ समग्रमा महिला विकास र सशक्तीकरणका लागि आयोजना हुने आयोजक संस्था स्काथीले जानकारी दिएको थियो ।

Source : https://newsofnepal.com/2024/10/23/674880/