अण्डाको मूल्य बढेपछि किसानलाई राहत
काठमाण्डौ – भदौ पहिलो हप्तादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य बढ्न थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार आजदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट अर्थात् ३० वटाको पाँच सय र मध्यम चार सय ८५ रुपैयाँ कायम गरिएको छ । विगत दुई हप्तायता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताउनुभयो । लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ । पोल्ट्री व्यवसायी मञ्चका नि...
Source : https://ujyaaloonline.com/story/108250/2024/10/28/relief-to-farmers-after-increase-in-price-of-eggs-