अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएर नेपालसँगको सम्बन्धमा खासै फरक पर्दैन
अमेरिकामा डोनाल्ड ट्रम्पले जित्नुको अर्थ समान्यतया चुनावमा प्रतिस्पर्धा गर्दा एउटा पक्षले जित्ने र अर्को पक्ष पराजित हुने हो । तर ट्रम्पले जित्दै गर्दा भू–राजनीतिक र कूटनीतिक अर्थसमेत रहेका हुन्छन् । अमेरिकाको चुनावी प्रणालीमा 'इलेक्टोरल' मतदान प्रणाली छ । जम्मा पाँच सय ३८ 'इलेक्टोरल' हुन्छन् । पहिले राजधानी वाशिङ्टन डीसीका मतदाताले मत हाल्न पाउँदैनथे । अमेरिकाको संविधानमा २३औं संशोधन भएपछि वाशिङ्टन डीसीका मतदाताले पनि तीन 'इलेक्टोरल' मत दिन पाउँछन् । त्यसमध्ये दुई सय ७० भन्दा बढी 'इलेक्टोर...
Source : https://ujyaaloonline.com/story/108629/2024/11/9/trump