अमेरिकाले खोजिरहेका हिजबुल्लाहका कमाण्डर इजरायली आक्रमणमा मारिए

हिजबुल्लाहले आफना बरिष्ठ सैन्य कमाण्डर इजरायलको आक्रमणमा मारिएको पुष्टि गरेको छ । आफना बरिष्ठ कमाण्डर इब्राहिम अकिल लेबनानको बेरुतस्थित दक्षिण भागमा भएको इजरायली हमलामा मारिएको हिजबुल्लाहले पुष्टि गरेको हो ।

आवासीय भवनमा भएको हमलामा मारिने १४ जना मध्ये इब्राहिम एक थिए । उक्त हमलामा १४ जना मारिएको र ६६ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । उक्त हमलालाई हिजबुल्लाहले बिश्वासघाती हमला भनेको छ ।

सन १९८३ मा लेबनानको बरुतमा रहेको अमेरिकी दुतावासमा भएको हमलामा इब्राहिम सम्लग्न भएको भन्दै अमेरिकाले पनि उनलाई खोजिको सुचीमा राखेको थियो । घटनामा ६३ जनाको मृत्यु भएको थियो । लेबनानको बेरुतमा मरीन व्यारेकमा भएको ट्रक बम बिष्फोटनमा २४१ जना अमेरिकी कर्मचारीको ज्यान गएको थियो ।

उक्त बिष्फोटन हिजबुल्लाहले गराएको अमेरिकाले बताएको थियो । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सन १९८२ मा शान्ति स्थापनाका लागि लेबनानमा मरीन पठाउनु भएको थियो । इब्राहिम अकिलको सुचना दिनेलाई ७० लाख डलर पुरस्कार दिने अमेरिकाले घोषणा गरेको थियो ।

मंगलबार पेजर र बुधवार वाकिटकी बिष्फोटनपछि अस्तव्यस्त बनेको लडाकु समूह हिजबुल्लाहलाई बरिष्ठ कमाण्डरको मृत्युले थप क्षति पुराएको छ । पेजर र वाकिटकी बिष्फोटमा आफनो सम्लग्नतालाई स्वीकार नगरेपनि इजरायलले घटनाप्रति मौन समर्थन जनाएको देखिएको छ ।

उक्त घटनामा ५० जनाको ज्यान गएको छ । ३ हजारबढी घाइते भएका छन । हिजबुल्लाह प्लालेस्टाइन समर्थक लडाकु समूह हो । इजरायल बिरुद्ध युद्ध लडिरहेको हमासलाई हिजबुल्लाह समूहले लेबनानबाट सघाइरहेको छ ।

गतबर्षको अक्टोवरमा हमासले इजरायलमाथी हमला गरेपछि चर्किएको युद्धमा अहिले सम्म ५० हजारको ज्यान गइसकेको छ ।

Source : https://www.khasokhas.com/209962