अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्याे
काठमाण्डाै – अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । विपद् कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको मन्त्रालयले आज प्रेस नोटमार्फत जानकारी दिएको हो । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा तथा बाढी/पहिरो र डुबानबाट क्षति भएपछि असोज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयबाट विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।
Source : https://ujyaaloonline.com/story/109012/2024/11/19/1-bn-rs-in-the-disaster-management-fund-by-fm