ईपीएस उत्पादनमुलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक

काठमाण्डौ – वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक गरेको छ । कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित भएको हो । गएको भदौ १८ गतेदेखि २४ गतेसम्म भएको सीप परीक्षणमा आठ हजार नाै सय ३२ जना सहभागी भएकोमा आठ हजार एक सय ५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार अब कोरिया जानेहरुको रोस्टर तयार गर्नुअघि पास हुनेको स्वास्थ्य परीक्षण हुनेछ ।

Source : https://ujyaaloonline.com/story/106851/2024/9/21/eps-production-skill-test-result-released