प्रधानमन्त्री ओली न्यूयोर्कमा : भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता हुने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली गएराति न्यूयोर्क पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेललगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले भोलि समिट अफ द फ्यूचर’ सम्मेलनलाई र असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी उहाँले महासभामा सहभागी विभिन्न देशका प्रतिनिधि तथ...

Source : https://ujyaaloonline.com/story/106858/2024/9/21/oli-in-new-york