करेन्ट लागेर मकवानपुरमा नेपाली सेनाका लेसनायकको ज्यान गयो, दुई जना घाइते
मकवानपुर – करेन्ट लागेर मकवानपुरमा नेपाली सेनाका लेसनायकको ज्यान गएको छ । करेन्ट लाग्दा अरू दुई जना घाइते भएका छन् । करेन्ट लागेर डँडेलधुराको गन्यापधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भीमफेदी गाउँपालिका–८ दोभानमा रहेको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा डिउटीमा रहेको समयमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाई–टेन्सन बिजुलीको तारमा पाइपले छुँदा दियाललाई करेन्ट लागेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्य...
Source : https://ujyaaloonline.com/story/108592/2024/11/7/a-nepali-army-officer-died-due-to-electrocution