काभ्रेको पनौतीमा बाढीले क्षति पुर्‍याएकाे कुलो पुनर्निर्माणका लागि १७ सय जनाकाे श्रमदान

काभ्रे – काभ्रेको पनौती नगरपालिकामा रहेको सिँचाइ आयोजनाको कुलो पुनर्निर्माणका लागि एक हजार सात सय जनाभन्दा धेरैले श्रमदान गरेका छन् । असोज दोस्रो हप्ताको बाढीले क्षति पुर्‍याएको कुलो मर्मतका लागि स्थानीय किसान, महिला कृषि सहकारी, विभिन्न युवा क्लब, महिला समूह, आमा समूह, विद्यार्थी, शिक्षकलगायतले श्रमदान गरेका पनौती–४ का वडाध्यक्ष दीपकप्रसाद दाहालले जानकारी दिनुभयो । तीन हप्ताअघि शुरू भएको कुलो पुनर्निर्माणको काम झन्डै ९० प्रतिशत सकिएको छ । श्रमदान अभियानमा स्वतःस्फूर्त सहभागिता रहेकाले ...

Source : https://ujyaaloonline.com/story/109049/2024/11/20/donation-of-1700-people-for-irrigation