काेशीका मन्त्रीसँगै जापान गएका ३ जनाको साथबाट नक्कली कागजात बरामद, ६ जना पक्राउ
काठमाण्डाै – कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीसँगै जापान गएका तीन जनासहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । कात्तिक १४ गते मन्त्री र अरू तीन जनालाई जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । मन्त्री अधिकारीले भने आफ्नो साथमा रहेकाहरूसँग नक्कली कागजात भएको थाहा पाएपछि आफू पनि फर्किएको दाबी गर्नुभएको छ । मन्त्रीसँगै जापान जानेहरूमा खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा छन् । प्रहरीले दावा शेर्पाको साथबाट खोटाङको ऐँसेलुखर्क गाउँपालि...
Source : https://ujyaaloonline.com/story/108557/2024/11/6/fake-documents-recovered-in-koshi