कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा कांग्रेसबाट कृष्णमान डङ्गोल उम्मेदवार

काठमाण्डौ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय समितिको हिजो बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिनुभयो । उहाँ कांग्रेसको कीर्तिपुर नगर कार्यसमितिका सभापतिसमेत हुनुहुन्छ । पार्टीको विधानअनुसार उपमहानगरपालिका र नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ । समितिमा प्रदेश कार्यसमितिका पदाध...

Source : https://ujyaaloonline.com/story/108916/2024/11/17/krishnaman-dangol-candidate-from-congress-mayor