चाडबाडको समयमा सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा चामल अभाव
सङ्खुवासभा – सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयवासीले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गएको वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय...
Source : https://ujyaaloonline.com/story/107616/2024/10/9/lack-of-rice-in-hatiagola-food-depot