झन्डै १७ लाख किशाेरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध 'एचपीभी' खोप लगाइँदै
काठमाण्डाै – सरकारले आउँदो माघ महिनामा १० देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्ध 'एचपीभी' खोप अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । १६ लाख ८८ हजार किशोरीले एचपीभी खोप लगाउने सरकारको अनुमान छ । माध्यमिक तहका विद्यालयलाई खोप केन्द्र बनाउने तय...
Source : https://ujyaaloonline.com/story/108333/2024/10/30/teenagers-to-be-vaccinated-against-cervical-cancer