तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा आज विद्युत् सेवा अवरुद्ध

काठमाण्डौ – तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका र नवलपुरको बौदीकाली र बुलिङटारका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । तनहुँ वितरण केन्द्रअन्तर्गतको डुम्रे सबस्टेसनको ‘ब्रेकर स्विच गियर्स प्यानल’हरू बदली गर्ने कामका लागि बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र...

Source : https://ujyaaloonline.com/story/106848/2024/9/21/today-electricity-service-interrupted