तल्लो अरुण जलविद्युत आयोजना प्रभावित ९३ जनाको विवरण संकलन
संखुवासभा । संखुवासभामा निर्माणाधीन ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाका प्रभावितलाई मुआब्जाको रकम वितरण सुरु गरेको छ । संखुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाका प्रभावितलाई मुआब्जाको रकम वितरण सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाले गत कात्तिक २७ गते देखि आयोजनाका प्रभावितलाई मुआब्जाको रकम वितरण गर्न सुरु गरेको हो । । तल्लो अरुण परियोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने गरी निर्माण हुनेछ ।
मंगलबार सम्म तल्लो अरुण जलविद्युत आयोजना प्रभावित क्षेत्रका ९३ जनाको विवरण संकलन भइसकेको छ । विवरण संकलन भएका ९३ जनाको ६१ करोड ८१ लाख १७ हजार रुपैयाँ भुत्तानीको लागि पठाइएको छ । तल्लो अरुण आयोजना निर्माणस्थल क्षेत्रमा पर्ने ६ सय ५६ जनाले मुआब्जा पाउने छन् । प्रभावितका लागि प्रशासनले १ अर्ब ४० करोड मुआब्जा बापतको रकम वितरण गर्ने जनाएको छ ।
उक्त रकम तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरुले पाउने छन् । जिल्ला प्रशासनका अनुसार यो क्षेत्रमा ५ लाखदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बाउनुभयो । आयोजनाका लागि १ सय ८४ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी जग्गा ६५.९६ हेक्टर रहेको छ । अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत निगम लिमिटेडले तल्लो अरुणको पनि निर्माणको जिम्मा लिएको छ ।
मकालु गाउँपालिकामा निर्माण भइरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादन पछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका २ चेवाबेंसीमा करिब १७.४ किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको हो । तल्लो अरुण जलविद्युत आयोजनाबाट २ सय ६८ परिवार प्रत्यक्ष रुपमा प्रभावित हुने आयोजनाले जनाएको छ । सरकारले तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णय गरेको थियो । भारतीय कम्पनी सतलज विद्युत निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाबाट नेपालले २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत् निःशुल्क पाउनेछ भने बाँकी विद्युत् भारत निर्यात हुनेछ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिकरूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ । आयोजनाको निर्माण अवधि पाँच वर्ष कायम गरिएको छ ।
The post तल्लो अरुण जलविद्युत आयोजना प्रभावित ९३ जनाको विवरण संकलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104090/