तिहारपछि नेप्से परिसूचकमा झिनो गिरावट, ४ अर्बको कारोबार

समाचार सुन्नुहोस : 

काठमाडौँ – दीपावलीको सार्वजनिक बिदापछि मंगलबार खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार ६ सय ७७ दशमलव ४० मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर चार सय ७७ दशमलव ९९ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको भने ओरालो लागेको छ। कूल ९७ लाख १३ हजार सात सय ३० कित्ता शेयर रु चार अर्ब २० करोड ५५ लाख पाँच हजार दुई सय ३७ मा कारोबार भएको छ।

नेप्सेका अनुसार, सुपर माई हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त नौ दशमलव ९५, युनाइटेड मोदी हाइड्रोपावर नौ दशमलव ५१, गुराँस लघुवित्त नौ दशमलव ३२ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७५ प्रतिशतले कमाएका छन्।

The post तिहारपछि नेप्से परिसूचकमा झिनो गिरावट, ४ अर्बको कारोबार appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/494833/