तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत लगियो
काठमाडौं ।
सहकारीको रकम अपचलन अभियोगमा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको छ।
उनीमाथि अनुसन्धानका निम्ति यसअघि दुईपटक म्याद थप भइसकेको छ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ।
उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। पोखरामा अनुसन्धान सकिएसँगै प्रहरीले लामिछानेलाई बुटवल लैजाने तयारी गरेको छ ।