दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११ः३६ मा रहेको घोषणा गरेको छ। समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले दिएको जानकारी अनुसार सोही दिन बिहान ८ः३३ बजे देवी विसर्जनको साइत रहेको छ। दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने पनि उनले सुझाव दिएका छन्।

यस वर्षको दशैँ असोज १७ गते बिहीबार घटस्थापनाबाट सुरु हुँदैछ । घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको छ। त्यस्तै, असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।

असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नु पर्नेछ भने सोही दिन कोजाग्रत पूर्णिमाको अवसरमा दशैँ समापन हुने धर्मशास्त्रविद् प्राडा देवमणी भट्टराईले जानकारी दिए।

The post दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491047/