दशैंलाई ४ चलचित्र

काठमाडौं । यो वर्षको दशैंलाई लक्षित गरेर आज बिहिबारबाट नेपालमा चार वटा चलचित्र रिलिज हुँदैछन् । जसमा तीन वटा नेपाली चलचित्र रहेका छन भने एउटा बलिउड चलचित्र रहेको छ । नेपालीहरुको मुख्य पर्व भएका कारण दशैंमा एक सातासम्म विदा हुने गर्दछ । जसका कारण दशैंमा चलचित्रहरुले निकै राम्रो व्यापार गर्छ ।

सोही कारण पनि दशैंमा चलचित्रहरु लगाउन निर्माताहरुबीच तँछाड र मछाड हुनेगर्छ । यही मेसोमा यसपटक फुलपातिबाट तीन वटा नेपाली चलचित्र एकसाथ रिलिज हुन लागेका हुन् । जसमा दीपकराज गिरी र दीपाश्रीको छक्का पञ्जाको सृँखला ‘छक्का पञ्जा ५’, बसन्त निरौला निर्देशित जितु नेपाल र नीति शाहको ‘ज्वाईं साब’ र बिराज भट्टको ‘१२ गाउँ’ रहेको छ । यस्तै गत शुक्रबारबाट प्रदर्शन हुँदै आएको निश्चल बस्नेत र स्वस्तिमा खड्काको चलचित्र ‘बेहुली फ्रम मेघौली’को पनि दोश्रो साता प्रदर्शन जारी रहने छ ।

यसरी यो दशैंमा चलचित्र घरमा तीन वटा नयाँ नेपाली चलचित्र एउटा अघिल्लो साता गरी चार वटा चलचित्र प्रदर्शनमा रहने छ । यस्तै दशैंको अबसर पारेर आलिया भट्ट अभिनित बलिउड चलचित्र ‘जिग्र’ पनि शुक्रबारबाट नेपालमा समेत रिलिज हुँदैछ । सिनेमा हलमा चार नेपाली चलचित्र प्रदर्शनी भईरहेको अबस्थामा एउटा बलिउड चलचित्र पनि दर्शकले हेर्न पाउने छन् । यो दशैंमा रिलिज भएको तीन नेपाली र बलिउड बलिउड चलचित्र’bout यहाँ चर्चा गरिएको छ ।

छक्का पञ्जा ५
आमा सरस्वती मुभिज र ग्लोबल आईएमई बैंकले निर्माण गर्दै आएको छक्का पञ्जा सृँखलाको नयाँ चलचित्र ‘छक्का पञ्जा–५’ सामाजिक कथामा आधारित चलचित्र हो । दशैंमा रिलिज हुँने बाँकी चलचित्रको तुलनामा चलचित्र छक्का पञ्जा ५ ले करिब ४५ प्रतिसत शो पाएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्र भ्रष्टाचार बिरुद्धको अभियानमा केन्द्रित रहेको यसका निर्माता केदार घिमिरे ‘माग्ने बुढा’ले बताएका छन् । यो चलचित्र नेपालसहित विश्वका ३० देशमा एक साथ रिलिज हुने भएको छ ।

चलचित्रमा विहे भाकै छैन र ब्रेकअप दुबै गीत भाईरल छ । छक्का पञ्जा ५ मा दीपकराज गिरीसँगै केदार घिमिरे, वर्षा सिवाकोटी, दीपाश्री निरौला, लोकेन्द्र लेखक, तेज गिरी, प्रकाश घिमिरे, राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकीलगायतलाई समेटिएको छ । दीपक दीपाले निर्माण गरेको यो चलचित्रमा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता रहेका छन् । यो चलचित्र हास्य व्यँग्य जनरामा निर्माण भएको छ । बिगतका सृँखला जस्तो यसमा पनि राज (दीपकराज गिरी)ले विवाहको लागि गर्नुपरेको सँघर्ष पनि देखाईएको छ ।

ज्वाईं साब
चलचित्र ज्वाईं साब एउटा युवा (जितु नेपाल)ले ज्वाईं बन्न गरेको सँघर्षको कथामा केन्द्रित छ । यो हास्यप्रधान सामाजिक जनरामा निर्माण भएको चलचित्र हो । पितृसतात्मक हाम्रो समाजमा छोरीलाई जस्तै ज्वाईंलाई अन्माएर लगेर घरज्वाईंको रुपमा ससुराली पक्षले पाल्दा कस्तो हुन्छ भन्ने रोचक कथा रहेको छ । एउटी विवाहित महिलाले विवाहपछि कस्तो जिम्मेवारी निर्वाह गर्छिन भन्ने कुरालाई यो चलचित्रमा पुरुष दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ । र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको यो चलचित्रको प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । जसमा विजय बस्याल कार्यकारी निर्माता छन् । यो चलचित्रमा शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको छ । यो चलचित्र नेपाल सहित युरोप, अमेरिका, अष्ट्रेलिया, दक्षिण पूर्वी एशियाका मुलुकहरुमा रिलिज हुँदैछ ।

१२ गाउँ
चलचित्र १२ गाउँलाई अभिनेता बिराज भट्टले निर्माण तथा निर्देशन गरेका हुन् । यो एक्सन जनराको चलचित्र हो । यो चलचित्रको द्वन्द्व निर्देशन तथा स्टन्ट बलिउडका द्वन्द्व निर्देशक एवम् प्राविधिकहरुले गरेका हुन् । यो चलचित्रमा १२ गाउँमा एउटा शासकले गरेको ज्यादती र त्यो शासकको ज्यादती तोड्न सो गाउँ छिरेका केही युवाहरुबीचको द्वन्द्वको कथा प्रस्तुत गरिएको छ । चलचित्रका टिजरले अहिले निकै चर्चा पाएको छ ।

यही चलचित्रबाट अभिनेता बिराज भट्टले आफ्नो छोरा समीर भट्टलाई पनि नव अभिनेताको रुपमा नेपाली चलचित्रमा डेब्यु गराउँदैछन् । यही चलचित्रबाट अभिनेत्रीको रुपमा सनिषा भट्टराई र न्यान्सी खड्काले पनि डेब्यु गर्दैछन् । बिराज भट्टसँगै यो चलचित्रको अन्य कलाकारमा सोनु, दीया मास्के, मुरली धर, नरेन खड्का, स्टन्ट शिल्भा, सन्तोष सरकार, कनिज कोईराला, सुलेमान सँकर (इकु) कालु राना, अर्जुनजँग शाही, किशोर भट्टलगायत छन् । यो नेपाली, हिन्दी, भोजपुरी र दक्षिण भारतका अन्य भाषामा निर्माण भएको चलचित्र हो । नेपालसँगै यो चलचित्रको भोजपुरी संस्करण भारतमा पनि रिलिज हुँदैछ ।

जिग्रा
दशैंको अबसर पारेर शुक्रबार देशव्यापी रुपमा बलिउड चलचित्र ‘जिग्रा’ पनि रिलिज भएकाे छ । यो चलचित्रलाई बंशल बालाले निर्देशन गरेका हुन् । चलचित्र जिग्रा अभिनेत्री आलिया भट्टको महत्वकाँक्षी चलचित्र हो । विवाहपछि उनले काम गरेको यो चलचित्र हो । आफ्नो हालमा दिदीको रक्षाको लागि राखी बाँध्ने भाईलाई नै दिदीले रक्षा गर्नु पर्ने अबस्थाको सामना यो चलचित्रमा उनल गर्नु पर्छ ।

जसमा आफ्नो भाइको हत्यारासँग बदला लिन एक बहिनीले गरेको सँघर्षको कथा यो चलचित्रमा उठाईएको छ । चलचित्रको कथा हृदय विदारक छ । पारिवारिक सम्बन्ध, जिम्मेवारी र त्यसलाई निर्वाह गर्दा आईपर्ने विभिन्न अप्ठेराहरुको सँघर्ष यो चलचित्रमा हेर्न पाईन्छ । यो चलचित्रमा आलिया भट्ट, वेदांग रैना, शोभिता धुलिपला, मनोज पाहवा, राहुल रविन्द्रलगायतको अभिनय छ । यो चलचित्रलाई करण जौहरले बनाएका हुन् ।

The post दशैंलाई ४ चलचित्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102119/