नेपालबाट भारतमा चियाको निर्यातसँगै भाउ पनि बढ्याे
काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा चिया निर्यात ३० प्रतिशतभन्दा धेरैले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा गरी ६२ लाख ६१ हजार किलोभन्दा धेरै सीटीसी चिया निर्यात हुँदा एक अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ४७ लाख किलोभन्दा केही बढी सीटीसी चिया भारतमा निर्यात गर्दा एक अर्ब १० करोड रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष चियाकाे भाउ बढेका कारण निर्यात ३० प्रतिशतले बढ्दा आम्दानी झन्डै ५० प्रतिशतले...
Source : https://ujyaaloonline.com/story/108558/2024/11/6/export-of-tea-from-nepal-to-india-increased