नेपालमा मन्त्री बन्न कुनै याेग्यता चाहिँदैन : मन्त्री गुरुङ

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने बताउनुभयो । मन्त्रालय सञ्चालनका लागि कुनै योग्यता चाहिने अभ्यास र कानूनी व्यवस्था नरहेको उहाँको भनाइ छ । ‘नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईँहरूले जिताइदिएपछि पुगिहाल्यो । मन्त्रालय च...

Source : https://ujyaaloonline.com/story/109062/2024/11/20/no-qualification-is-required-to-become-a-minister



Related Posts