नेपालमै नेपाली र हिन्दी भाषामा रिलिज हुँदै ह्रस्व दीर्घ

काठमाडौं । गत वर्ष नेपालमा चलचित्र प्रेम गीत ३ नेपाली र हिन्दी गरी दुबै भाषामा प्रदर्शन भएको थियो । नेपाली भाषामा रिलिज भएको चार दिनपछि नेपालमा हिन्दी संस्करणको प्रेम गीत ३ पनि प्रदर्शन गरिएको थियो ।

यसपटि नेपाली चलचित्र ह्रस्व दीर्घलाई एकै दिन नेपाली र हिन्दी दुबै भाषामा नेपालमा रिलिज गरिने भएको छ । यसको निर्माता एवम् अभिनेत्री निता ढँगनाले दर्शकलाई हिन्दी र नेपाली मध्य जुन भाषामा मनपर्छ, सोही भाषामा हेर्न उनले अनुरोध पनि गरेकी छिन् । यो चलचित्र ३० कात्तिकमा नेपालमा रिलिज हुँदैछ ।

यसैबीच यो चलचित्रको अन्तराष्ट्रिय वितरणको अधिकार सेभेन सिज कम्पनीले किनको छ । निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै यो चलचित्रलाई नेपालमा कार्तिक ३० बाटै नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन गर्ने घोषणा सञ्चारकर्मीमाझ गरेको हो । चलचित्रको विदेश रिलिजसँगै हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको हो । यो कम्पनिका सञ्चालक मध्येका एक विनोद पौडेलले ह्रस्व दीर्घ विदेशमा बक्सअफिस नै रिलिज हुने जानकारी दिए ।

‘नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात यो चलचित्रलाई तेलुगु भाषामा पनि रिलिज गर्ने तयारी भईरहेको छ ।’ यो चलिचत्रका निर्माता एवम् अभिनेता हरिहर अधिकारीले कार्यक्रममा बताए,‘ हाम्रो चलचित्रमा धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा हामीले ह्रस्व दीर्घलाई भारतमा प्रथामिकताका साथ रिलिज गदैछौं ’। भारतीय वितरकले पनि यो चलचित्र प्रदर्शन एवम् वितरणमा राम्रो चासो देखाएको पनि हरिहरले बताए ।

यो चलचित्रलाई विदेशमा भने ७ मंसिरबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने जानकारी निर्मात्री नीता ढुंगानाले कार्यक्रममा गराईन् ।

नीता चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको यो चलचित्रलाई बलिउडका छायाँकार कवीरलालले खिचेका हुन् । यसलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो चलिचत्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

The post नेपालमै नेपाली र हिन्दी भाषामा रिलिज हुँदै ह्रस्व दीर्घ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102816/