नेशन्स लिग : रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगलले पोल्याण्डलाई हरायो

काठमाण्डौ – यूईएफए नेशन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलले हराएको छ । गएराति भएको खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । उनले अहिलेसम्म १ सय ३५ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन्  । यो कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल सङ्ख्या हो । अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई २–१ गोलले हरायो ।  समूह ‘ए’ मा पोर्चुगल १३ अङ्कसहित शीर्ष स्थानमा छ, क्रोएसिया ७ अङ्कसहित दोस्रो, पोल्याण्ड चार अङ्कसहित तेस्रो र स्कटल्याण्ड चौथो स्थानमा छ । गएराति नै भएको अर्को खेल...

Source : https://ujyaaloonline.com/story/108888/2024/11/16/nations-league-portugal-beats-poland