न्युजिल्यान्डका पूर्वकप्तान विलियमसनले भारतसँगको पहिलो टेस्ट गुमाउने

न्युजिल्यान्डका पूर्वकप्तान केन विलियमसनले बेङ्गलोरमा हुने भारतसँगको पहिलो टेस्ट गुमाउने भएका छन् । श्रीलङ्का भ्रमणका क्रममा विलियमसनलाई चोट लागेको थियो । त्यो चोट अहिलेसम्म ठीक नभएको र उनले भारतसँगको पहिलो टेस्ट गुमाउने क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । न्युजिल्यान्डको टोलीमा विलियमसनको ठाउँमा मार्क च्यापम्यानलाई समावेश गराइएको छ । भारत र न्युजिल्यान्डबीचको तीन खेलको टेस्ट शृङ्खला अक्टोबर १६ देखि बेङ्गलोरमा शुरू हुँदैछ । न्युजिल्यान्डको कप्तानी टम लाथमले गर्नेछन् । श्रीलङ्कासँगको टेस्ट शृङ्खला हारेपछि...

Source : https://ujyaaloonline.com/story/107612/2024/10/9/williamson-to-miss-early-part-of-india-series